नेपाल सरकार

कृषि,वन तथा पर्यावरण मन्त्रालय

कृषि विभाग

बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र

हरिहरभवन, श्रीमहल, ललितपुरबाट

प्रदान गरिने प्रमुख सेवाहरूबारेको नागरिक बडापत्र

क्र. सं.

सेवाको प्रकृति/प्रदान गरिने सेवाहरूको विवरण

सेवाग्राहीले पुर्याउनु पर्ने प्रक्रिया र पेश गर्नुपर्ने कागजात

लाग्ने शुल्क/ दस्तुर

लाग्ने समयावधि

सेवा प्रदान गर्ने जिम्मेवार कर्मचारी, शाखा

क्षतिपूर्ति प्राप्त हुने/नहुने

खाद्यान्न, दलहन, तथा औद्योगिक बालीहरूको उत्पादन र उत्पादकत्व बृद्धिको लागि विकसित प्रविधिहरूको प्रसार कार्यमा प्रादेशिक कृषि विकास इकाइहरू र स्थानीय तहहरूलाई परामर्श तथा प्राविधिक सेवा प्रदान गर्ने

औपचारिक अनुरोध पत्र, ईमेल वा फ्याक्स

निःशुल्क

सामान्यतयाः एक हप्ता भित्र शुरु गरि आवश्यकता अनुसार निरन्तर

प्राविधिक शाखा

नहुने

खाद्यान्न, दलहन, तथा औद्योगिक बालीहरूको उत्पादन, भण्डारण तथा बजार व्यवस्थापन लगायतका विषयसंग सम्बन्धित प्राविधिक जानकारी उपलव्ध गराउने

औपचारिक अनुरोध पत्र, ईमेल, फ्याक्स, फोन तथा लिखित वा मौखिक अनुरोध

निःशुल्क

बृहत प्रकृतिको प्राविधिक जानकारीको हकमा बाहेक सामान्यतयाः तुरुन्त ।

प्राविधिक शाखा

नहुने

रणनीतिक महत्वका खाद्यान्न, दलहन, तथा औद्योगिक बालीहरूको देशव्यापी क्षेत्रफल, उत्पादन, माग तथा आपूर्ति स्थितिबारे अद्यावधिक विवरण उपलव्ध गराउने

औपचारिक अनुरोध पत्र, ईमेल, फ्याक्सवा लिखित अनुरोध

निःशुल्क

यस केन्द्रमा अद्यावधिक नभएको विवरण वा जानकारी माग भएको अवस्थमा बाहेक सामान्यतयाः तुरुन्त ।

प्राविधिक शाखा

नहुने

धान, मकै, गहुँ लगायतका प्रमुख बालीहरूको स्रोत तथा उन्नत बीउको माग तथा उत्पादनको अवस्था, उत्पादक, स्टक, प्रचलित बजार मूल्य, विद्यमान सरकारी सहयोग आदि बारे जानकारी उपलव्ध गराउने

औपचारिक अनुरोध पत्र, ईमेल, फ्याक्सवा लिखित अनुरोध

निःशुल्क

यस केन्द्रमा अद्यावधिक नभएको विवरण वा जानकारी माग भएको अवस्थमा बाहेक सामान्यतयाः तुरुन्त ।

प्राविधिक शाखा

नहुने

व्यवसायिक रुपमा खाद्यान्न, दलहन, तथा औद्योगिक बालीहरूको स्रोत बीउ उत्पादन गरि आपूर्ति तथा बजार व्यवस्थापन गर्न चाहनेलाई परामर्श तथा प्राविधिक सेवा प्रदान गर्ने

औपचारिक पत्र, ईमेल, फ्याक्सवा लिखित अनुरोध

निःशुल्क

बृहत प्रकृतिको प्राविधिक जानकारीको हकमा बाहेक सामान्यतयाः तुरुन्त ।

प्राविधिक शाखा

नहुने

विभिन्न बाली एवं बीउ उत्पादनमा महामारी वा प्रकोप जन्य कारण बाट हुन गएको क्षति एवं नोक्सनीको बारेमा तथ्यगत विवरण संकलन गरि तालुक निकायमा राहत एवं क्षतिपूर्तिको लागि सिफारिश गर्ने

औपचारिक पत्र, ईमेल, फ्याक्स

निःशुल्क

थप बुझ्नु पर्ने वा प्रमाण जुटाउनु पर्ने अवस्थामा बाहेक सामान्यतयाः एक हप्ता भित्र।

प्राविधिक शाखा

नहुने

स्थानीय स्तरका रैथाने बालीहरूको पहिचान गरी सोको संरक्षण, प्रवर्द्धन एवम् उपयोगको लागि प्रदेश र स्थानीय तहलाई सहयोग पुर्याउने ।अन्य निकाय/संस्थाको हकमा प्राविधिक/परामर्श सेवा

औपचारिक पत्र, ईमेल, फोन, फ्याक्स

निःशुल्क

थप बुझ्नु पर्ने वा प्रमाण जुटाउनु पर्ने अवस्थामा बाहेक सामान्यतयाः एक हप्ता भित्र शुरु गरि निरन्तर। ।अन्य निकाय/संस्थाको हकमा प्राविधिक/ परामर्श सेवा तुरुन्त

आनुवंशिक श्रोत तथा जैविक प्रविधि शाखा, प्राविधिक शाखा

नहुने

बीजबृद्धिका लागि आवस्यक पर्ने मूल तथा प्रमाणित बीउ आपूर्तीका लागि प्रारम्भिक अनुमान गर्ने तथा विभिन्न निकायहरूको सहयोगमा वासलात तयारीका लागि आवश्यक सहयोग गर्ने

औपचारिक पत्र, ईमेल, फोन, फ्याक्स

निःशुल्क

थप बुझ्नु पर्ने वा प्रमाण जुटाउनु पर्ने अवस्थामा बाहेक सामान्यतयाः एक हप्ता भित्र शुरु गरि निरन्तर।

प्राविधिक शाखा

नहुने

बाली बिकास तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी यस केन्द्रबाट प्रकाशित प्रकाशनहरू उपलव्ध गराउने

औपचारिक पत्र, ईमेल, फोन, फ्याक्स, व्यक्तिको हकमा लिखित निवेदन

निःशुल्क

तत्काल

सूचना अधिकारी/नायव सुव्वा

नहुने

१०

बाली बिकास तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी विषयमा केन्द्रले सञ्चालन गरेका गतिविधिबारे सूचना एवं जानकारी उपलव्ध गराउने

औपचारिक पत्र, ईमेल, फोन, फ्याक्स, व्यक्तिको हकमा लिखित निवेदन

निःशुल्क

यस केन्द्रमा अद्यावधिक नभएको विवरण वा जानकारी माग भएको अवस्थमा बाहेक सामान्यतयाः तुरुन्त

सूचना अधिकारी

नहुने

११

सेवाग्राहीहरूको गुनासो सुन्ने र सम्बन्धित कर्मचारीबाट गुनासोको सम्वोधन गर्ने व्यवस्था गर्ने

औपचारिक पत्र, ईमेल, फोन, फ्याक्स, लिखित निवेदन

निःशुल्क

तत्काल

आनुवंशिक श्रोत तथा जैविक प्रविधि शाखा / सूचना अधिकारी

नहुने

गुनासो सुन्ने अधिकारीः केन्द्र प्रमुख

सूचना अधिकारी: श्री नवराज जोशी, बाली विकास अधिकृत, सम्पर्क नम्बर ९८५१२०९२६६

जिम्मेवार प्रमुख: श्री केशव देवकोटा, सम्पर्क नम्बर ९८५१२१६९५१

कार्यालय सम्पर्क टेलिफोन: ०१-५५२११५१, Email: cdabc2018@gmail.com